पोखरा,९ बैशाख / पोखरा लेखनाथ महानगरपालिका वाड नं २६ मा रहेको खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाको सनिवार सम्पन्न प्रारम्भीक साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि हरिप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
खास्ते,न्यूरेनी र गुदेतालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीको प्रारम्भीक साधारण सभाबाट उपाध्यक्षमा शान्ति पौडेल,सचिवमा श्रीभद्र बराल र कोषध्यक्षमा डिल्लीराम लामिछानेलाई चयन गरेको छ भने समितिको सदस्यमा हेमराज बराल,ईश्वरी अधिकारी,जंगबहादुर परियार,ईन्दु लामिछाने,चुडामणि लामिछाने,वुद्धिसागर भण्डारी र नरहरी ढुगानालाई चयन गरेको हो ।
यसैगरि सोही भेलाले लेखा समितिको संयोजकमा नवराज ढुगाना,मनोहरी वराल र गणेश ढुगानालाई चयन गरेको छ भने महिला परिचालन उप समितिको संयोजकमा दुर्गा तिमिल्सेना र सदस्यहरुमा लक्ष्मी बराल,सिता ढुगाना,मधु अधिकारी र ईन्दिरा लामिछानेलाई चयन गरेको हो भने माईनोट हस्ताक्षरमा दीपा बराल र सुर्य भण्डारीलाई नियुत्त गरिएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डाक्टर प्रभात न्यौपानेले तालको संरक्षण गर्दै आय आर्जनका लागि ब्यवस्थीत तरिकाले माछा पालन गर्दै अगाडी बढ्नु पर्ने सुझाव राखेका थिए।
सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा खास्टेताल वराही महिला समुहका उपाध्यक्ष ईन्दिरा लामिछाने,खास्टे बचत तथा ऋण सहकारीका अध्यक्ष देवानन्द दहाल,खास्टेताल वराही मन्दिरका अध्यक्ष मुत्तिनाथ अधिकारी,सेयर सदस्य ईन्दु लामिछाने,विश्वनाथ ढुगाना,बुद्धिसागर भण्डारी,बमवहादुर घर्ती,सुमन तिमिल्सेना,नवराज ढुगान, हेमराज बराल र राममणि ढुगाना लगाएतले आ आफनो धारणा राखेका थिए ।