लेखनाथ,९ बैशाख / बेलायतमा वस्दै आएका नेपालीको एक नेपालीको परिवारले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमका बृद्धा बृदाहरुलाई सहयोग गरेका छन् ।
स्वदेशमा आएको समयमा आमा श्रीमाया घले र छोरा आनन्द कुमार घलेले सनिवार आश्रममा पुगी बृद्ध बृदाका लागि आवस्यक पर्ने खाद्यन्न तथा फलफुल वितरण गर्दै बृद्ध बृदालाई सहयोग गर्न पाउदाँ खुसि लागेको विचार राखेका थिए।
सोही अवसरमा आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगल,राईजिङ स्टार क्लवका अध्यक्ष विष्णु गुरुङ,क्लवका पुर्व अध्यक्ष कृष्ण गुरुङ,सदस्य चिजकुमार गुरुङ,राजवहादुर गुरुङ र पत्रकार भीमपाणि वरालले बृद्ध बृदालाई गरेको सहयोगले पुन्य प्राप्ती हुनेमा जोड दिएका थिए। गत वर्ष सोही परिवारले आश्रमका लागि दिबा सेवा केन्द्र स्थापनाका लागि सहयोग गरेका थिए। आश्रममा अहिले करिव ४२ जना बृद बृदा वसोवार गर्दै अएका छन् ।
यसै विच सनिवार नै रोटरी क्लव अन्तरगत रहेको इनर हुईल क्लव अफ पोखराका अध्यक्ष मन्जु माकाजु सहित समितिका अन्य पदाधिकारीहरु सहितको टोलीले आश्रममा पुगी दैनिक प्रयोग हुने खाद्यन्न सहित जिन्सी साामाग्री सहयोग गरेका थिए।