गणेश पहारी, पोखरा ,७ बैशाख /आउँदै गरेको स्थानिय चुनाबका लागि आफ्नो आफ्नो पार्टीका उम्मेदबार छनोट क्रम बढी रहेको बेलामा नेपाली काग्रेस पोखरा बडा इकाई ६ बैदामले पोखरा लेखनाथ महानगर पालिका बडा न ६ का लागि नेपाली कागे्रसको तर्फ बाट बडा अध्यक्ष सहित चार जना सदस्यहरु सर्वसम्मत छनोट गरेको छ ।
बडा इकाई ६ बैदामले बडा अध्यक्षको उम्मेदबारका लागि जगतबहादुर पहारीलाई छनोट गरिएका र अन्य सदस्यहरुमा महिला सदस्य मन्धरा ढकाल, दलित महिला सदस्यमा मनसुवा सुनार र खुल्ला सदस्यहरुमा गोविन्द बहादुर पहारी र यमकुमार श्रेष्ठलाई छनोट भएको इकाई सभापति बलराम गिरीले जानकारी दिएका छन ।
बडा अध्यक्षमा छनोट भएका पहारी नेपाली काग्रेसमा लामो समयदेखी पार्टीमा सक्रिय र कार्यकर्तामाझ सरल र नरम स्वभाव, बैद्धिक ब्यक्रित्वको रुपमा चिनिएका र सामाजिका कार्यक्रताका रुपमा कहलिएका ब्यक्तिका रुपमा चिनिएका पहारी समाजमा चिरपरिचि रहेको स्थानियहरुको भनाइ रहेको छ ।