मेयरका आकांक्षी कुवँरलाई बडाबाट सिफारिस.

गणेश पहारी, पोखरा, ७ बैसाख /आगामी बैसाख ३१ गते हुने स्थानिय निर्वाचनका लागि पोखरा लेखनाथ महानगर पालिकाका लागि मेयर पदका लागि पाटी भित्र कसरत चलिरहेको छ र दिना दिन आकांक्षीहरु पनि बढीरहेको छ ।

आउने स्थानिय चुनावका लागि आफ्नो प्रभाव पार्टी भित्र बढाइरहेकाले नेपाली काग्रेस कास्कीलाई उम्मेदबार छनोट गर्नेका लागि ठुलै कसरत गर्नु पर्ने देखिएको छ । यसै क्रममा पोखरा लेखनाथ महानगर पालिका बडा इकाई ६ बैदामले आउँदै गरेको स्थानिय चुनावमा पोले महानगर पालिकाका लागि मेयर पदका लागि नेपाली टेड युनियनका काग्रेसका बरिष्ठ उपाध्यक्ष तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य बैदाम निवासी राम्जी कुवँरलाई सिफारिस गरेको छ ।

नेपाली काग्रेसको को आब्हानमा भएको २०३६ सालको आन्दोलनमा टेड युनियन काग्रेससगँ आवद्ध भइ पारा मेडिकल आन्दोलनमा सक्रिय भुमिका निभाएका कुवँरले काग्रेसको अगुवाईमा भएको हरेक आन्दोलनमा विभिन्न समितिमा रही नेतृत्व दायी भुमिका खेलेका कुवँरलाई बडा इकाई ६ बैदामले पोले महानगर पालिकाको मेयर पदका लागि सिफारिस गरेको छ ।

बडा इकाई ६ बैदामका सभापति बलराम गिरीको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले पोले महानगर पालिकाको मेयरका पदका लागि नेपाली काग्रेसको नगर समिति हुदै क्षेत्रिय समिति समक्ष सिफारिस गरेको छ । करिब उमेरले ५० बर्ष काटेका कुवँरले काग्रेसको १० औ महाधिबेशन देखी नै महाधिबेशन प्रतिनिधि हुदै महासमिति सदस्य समेत रहेका कुवँर समाजमा नरम स्वाभाव र बौधिक ब्यक्तित्वको रुपमा चिनिएका छन ।

पूर्व क्षेत्रिय सभापति समेत रहेका कवँर २०६२ र ६३ सालको आन्दोलनमा दुई पटक जेलमा बसेका र १३ औ महाधिबेशनका महाधिबेशन प्रतिनिधि समेत हुन । टेड युनियन काग्रेसको सस्थापक केन्द्रीय सदस्य समेत रहेका राम्जी कुवँर मेयर पदका लागि योग्य उम्मेदबार रहेकोले बडा इकाई ६ बैदामले सिफारिस गरेका इकाइ सभापति बलराम गिरीले बताएका छन ।

मेयरका आकांक्षी कुवँरले यदि पाटीबाट टिकट पाएमा पोले महानगर पालिकालाई नमुना हरियालि शहरको रुपमा विकास गर्ने र एशियाकै नमुना शहरको रुपमा चिनाउने प्रतिबद्धता समेत गरेका छन ।

उनले पोखरा लेखनाथ महानगर पालिकालाई रिङरोड निर्माण, यहा रहेका ताल संरक्षणका लागि विषेश योजना ल्याउने, अध्याधुनिक बसपार्क निर्माण र खानेपानी सहित ढल निर्माणका साथमा अन्तराष्ट्रिय विमानस्थल निर्माण र संचालनमा ल्याउने लगाएतका योजनालाई प्राथमिकता रहने उनको दावी रहेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     7:44:50 PM

Ganesh Pahari

See all posts by