आइपिएलः हैदरावादले जित्यो, विलियम्सनले बनाए ८९ रन.

वैशाख ७ /इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हैदरावादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले हराएको हो ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । उसका श्रेयस आयरले नटआउट ५०, सन्जु सामसोनले ४२, करुण नायरले ३३ तथा एन्जेलो म्याथ्युजले ३१ रन बनाए पनि हार टार्न सकेनन् ।

हैदरावादका मोहम्मद सिराजले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि केन विलियम्सनले ८९ र शिखर धवनले ७० रनको योगदान गरे । दिल्लीका क्रिस मोरिसले चार विकेट लिए । ६ खेलमा चौथो जित निकालेको हैदरावाद ८ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेलमा दुई खेल मात्रै जितेको दिल्ली चार अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     7:03:28 AM

Ganesh Pahari

See all posts by