सिन्धुलीमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु.

सिन्धुली, ७ वैशाख/ काठमाडौंबाट बर्दिबासका लागि छुटेको टाटा सुमो सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपल नजिकै दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

ना १ ज ५४४४ नम्बरको सुमो सडकबाट खस्दा धनुषाको बलुवाखर–८ का जयकुमार यादव र सरोजकुमार मण्डलको ज्यान गएको सिन्धुलीका एसपी उमाशंकर पंजियारले जानकारी दिनुभयो ।

घाइते तीनजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने ५ जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     7:00:16 AM

Ganesh Pahari

See all posts by