पोखरा जेसिजको वीकइण्डमा विभिन्न कार्यक्रम.

गणेश पहारी, पोखरा, ६ बैसाख /मानवताको सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै मानविय सेवामा समर्पित संस्था पोखरा जेसिजले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरि जेसिज विकइण्ड २०१७ मनाउने भएको छ ।

पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले उक्त कुराको जानकारी गराएका छन । जेसीआई पोखराले सकरात्मक परिर्वतनका लागि यूवा नेतृत्व भन्ने नारा साथ वीकइण्ड २०१७को त्री दिवसीय कार्यक्रम मनाउने भएको छ । यही आउँदो बैसाख ८ गते बाट सुरु हुने उक्त कार्यक्रम पहिलो दिन शुक्रबार ट्राफिक नियम जानौ पनि मानौ पनि , दु्र्घटनाबाट आफु पनि बचौ अरुलाई पनि बचाऔ र एक सडक बाडेर हिडौ भन्ने भावना आत्मसाथ गरौ भन्ने उद्ेश्यले ट्राफिक सचेतना र्याली सृर्जना चोक देखी पृथ्थी चोक सम्म गर्ने भएको छ ।

जेसिजले आउँदो बैशाख ९ गते विकइण्ड अन्तरगत शनिबार दिनमा मादि गाउँपालिक अन्तरगत तारकाङ्ग सामुदायिक स्वास्थ्य केन्द्रमा हाडजोर्नी सर्जिकल र बालरोग परिक्षण सहित विभिन्न स्वास्थ्य सम्बन्धित समस्याको परिक्षणका साथमा वृहत स्वास्थ्य शिविर गर्ने जेसी शिवप्रसाद सापकोटाले बताएका छन ।

विकइण्ड अन्तरगत तेस्रो दिन अर्थात बैशाख १० गते पोले महानगर पालिका सराङकोट १८मा रहेको श्री मणिज्योति आधारभुत विद्यालयमा अध्यनरत विद्र्यार्थीहरुको स्वास्थ्य परिक्षण सहित स्टेशनरी खेलकुद सामाग्री तथा पोशाक वितरण गर्ने भएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीका लागि करिब ३५ हजार देखी ४० हजार रुपैया सम्मका सामाग्रीहरु प्रधान गरिने आयोजकले जानकारी गराएका छन ।

कार्यक्रम सम्पन्न गर्नका लागि करिब ३ लाख ५०हजार खर्च लाग्ने अनुमान आयोजकको रहेकोमा विभिन्न ब्यवसायी प्रतिष्ठान, सदस्यहरु , संघसंस्थाहरु र अन्य प्रायोजक र सहप्रायोजकहरुको सहयोग मार्फत रकम संकलन गरिएको अध्यक्ष जेसी शिबप्रसाद कोइरालाले आयोजित कार्यक्रमका बताएका छन ।

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०७४     9:04:40 PM

Ganesh Pahari

See all posts by