यातायात कार्यालयमा करोडौं घोटाला, पाँच कर्मचारी निलम्बित.

इटहरी, वैशाख ६/ यातायात कार्यालय कोसी इटहरी कार्यालयले गएको पाँच वर्षअघिदेखि राजस्वसम्बन्धी कार्यमा त्रुटिपूर्ण काम गर्दै राज्यलाई हानी नोक्सानी पुर्‍याएको भन्दै कार्यालयमा कार्यरत कार्यालय प्रमुखसहित पाँचजना कर्मचारीलाई निलम्वित गर्दै लेखासम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा यातायात व्यवस्था कार्यालय कोसी इटहरीले कम्तीमा ५७ करोड रुपैयाँ राजस्वको हिनामिना गरेको भन्दै त्यसको छानविन एवम् कारबाहीका लागि कार्यालयमा छापा मारी त्यहाँ भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिई शाखा सिल्ड गरेको छ ।

मन्त्रालयले त्यस कार्यालयका प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, लेखापाल रुद्रप्रसाद दाहाल र अर्का कर्मचारी नायब सुब्बा टीका बास्तोलालाई निलम्वन गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । रासस

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०७४     8:42:44 PM

Ganesh Pahari

See all posts by