एमालेमा उमेद्वार छनौट गर्दा कुटाकुट हल्ला मात्रै –नेकपा एमाले कास्की–३

पोखरा, ६ बैशाख /पोखरा लेखनाथ महानगरपालिका स्थित एक सामुदायिक एफ.एम.बाट ने.क.पा.(एमाले) वडा नं. ५, ६ र ७ वडाका एमाले कार्यकर्ता बीच स्थानीय तहका उम्मेदवार छनौटका विषयमा कुटपिट भएको भन्ने समाचारप्रति ने.क.पा.(एमाले) क्षेत्रीय संगठन कमिटी कास्की क्षेत्र नं.३ को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. ३ कास्कीका अध्यक्ष धन बहादुर नेपालीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न स्थानीय तहको निर्वाचन सफल पार्न सिंगो पार्टी जुटिरहेको बेला निर्वाचन परिणामलाई प्रभाव पार्ने गरी कुनै घटना नभएको, हुँदै नभएको प्रसंग जोडेर नेकपा एमाले पार्टीलाई अनर्गल प्रचार गरी कमजोर बनाउन षडयन्त्र भएकोमा घोर भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा अनौपचारिक र सडकका हल्लाका आधारमा गरिएका टिप्पणीलाई पार्टीसँग नजोड्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०७४     8:29:09 PM

Ganesh Pahari

See all posts by