काठमाडौं, ५ वैशाख/ भारतका उद्योगपति विजय माल्या लण्डनमा पक्राउ परेका छन् । माल्यालाई भारतीय प्रहरीको आग्रहमा पक्राउ गरिएको बेलायती प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
उनलाई मंगलबार नै स्थानीय अदालतमा पेश गरिने समाचारमा उल्लेख छ । उनलाई भारतमा ल्याउनेबारेमा पनि छलफल भैरहेको छ । माल्यामाथि भारतका विभिन्न बैंकलाई ९ हजार करोड रुपैयाँ ऋण नतिरेको आरोप छ ।
यहि महिनामा स्टेट बैंक अफ इण्डियाको अगुवाईमा माल्याको गोवामा रहेको किंगफिसर आवास क्षेत्र लिलामी गरिएको थियो । विजय माल्याविरुद्ध भारतका धेरै अदालतले पक्राउ पुर्जी जारी गरेका छन् ।