पानी निकाल्दा आगो बल्यो, दमकलले पनि निभाउन सकेन.

भक्तपुर, ५ वैशाख / भक्तपुरको सूर्यविनायकमा खानेपानी निकाल्न डिप बोरिङ अर्थात जमिनमुनिको पानी निकाल्ने क्रममा आगो बलेको छ ।

सूर्यविनायक–१ सिरुटारमा रहेको वडा कार्यालय नजिकै खानेपानी निकाल्न डिप बोरिङ गर्ने क्रममा अचानक खाल्डोमा आगो सल्किएको हो । एक सय ५० मिटर गहिलो खाल्डो खनेपछि आगो उत्पन्न भएको हो ।

खोल्डोबाट निस्किएको आगो ललितपुर र भक्तपुरका तीनवटा दमकलले निभाउने प्रयास गरेका छन् । केमिकल प्रयोग गर्दा पनि आगो निभाउन नसकिएको प्रहरीले जनाएको छ ।

खानी तथा भूगर्भ विभागले गरेको अध्ययन अनुसार यो क्षेत्रमा प्राकृतिक ग्यास रहेको पाइएको छ । प्राकृतिक ग्यासकै कारण आगलागी भएको अनुमान छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ५, २०७४     2:08:37 PM

Ganesh Pahari

See all posts by