आर्सनलको आशा कायमै.

 ५ वैशाख/ आर्सनलले शीर्ष चारमा रहँदै ओउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना जीवितै राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको हो ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए ।

४२ औं मिनेटमा सान्चेजले गोल गरेपछि आर्सनलले पहिलो हाफमा १–० को अग्रता लियो । सान्चेजले यो सिजन प्रिमियर लिगमा १९ गोल गरिसकेका छन् । तर ५० औं मिनेटमा नेग्रेडोले मिडल्सबर्गका लागि बराबरी गोल फर्काए ।

७१ औं मिनेटमा ओजिलले गोल गरेपछि आर्सनलले २–१ को जित निकाल्यो । जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ५, २०७४     7:47:25 AM

Ganesh Pahari

See all posts by