राष्ट्रपतिलाई भारतमा राज्यमन्त्रीको स्वागत.

काठमाडौं, ४वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज भारत जानुभएको छ । भारत नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई त्यहाँ महिला तथा बालिविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारीले आफै विमानस्थल पुगेर स्वागत गर्नुभएको थियो । भारतमा रहँदा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको भारत भ्रमण सुरु भएको दिन आज सार्वजनिक बिदा दिइएको छ । विदाको चर्को आलोचना भएपछि राष्ट्रपति फर्कने दिन अर्थात आउँदो शुक्रबार सार्वजनिक विदा दिने निर्णय भने सरकारले फिर्ता लिएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ४, २०७४     9:38:55 PM

Ganesh Pahari

See all posts by