काठमाडौं,४ वैशाख / निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो ।
यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । अहिले स्थानीय तह चुनावमा भोट हाल्न पाउनेहरुको नामावली आयोगले वेवसाइटमा राखेको हो ।
निर्वाचन आयोगको वेबसाइड www.election.gov.np मा लगअन गरेर हेर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।