सेञ्चुरी बैंकले १० प्रतिशत बोनस सेयर दिने.

काठमाडौं, ३० चैत / सेञ्चुरी कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै दुई सस्था एक्वीजिसन् गरेपश्चात ४० प्रतिशत हकप्रद सेयर दिने छ ।

बिहीबार बसेको बैंकको छैठौं वाषिर्क साधारण सभाले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने स्वीकृती समेत दिएको छ ।

अहिले सेञ्चुरी बैंकको पुँजी ४ अर्ब ७ करोड रहेको छ । चार संस्था प्राप्तीपछि करिब २ अर्ब पूँजी थप हुनेछ । त्यस्तै बाकि ४० Ü हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट ८ अर्ब पूँजी पुराउने बैंकले लक्ष्य लिएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३१, २०७३     10:36:36 PM

Ganesh Pahari

See all posts by