एक बर्ष भित्र पोखरामा बृद्धबृद्धा र अपाङ्गको लागि निशुल्क बस.

पोखरा ३० चैत्र / ७० बर्ष नाघेका बृद्धबृद्धा र अपाङ्गता भएका ब्यक्तिहरुले आगामी एक बर्ष भित्र पोखरा नगर क्षेत्रमा निशुल्क बस चढ्न पाउने भएका छन् । पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले महानगरको ब्यवस्थापन एबं सुधारका योजना सार्वजनिक गर्ने क्रममा बुधवार बृद्धबृद्धा र अपाङ्गको लागि निशुल्क बस सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

उनका अनुसार महानगरभित्र बसोबास गर्ने ७० बर्ष नाघेका बृद्धबृद्धा एवं अपाङ्गता भएका ब्यक्तिका लागि नगर क्षेत्रमा निशुल्क बस सेवा सुरु गर्ने उल्लेख छ । यो सेवा आगामी एक बर्ष भित्र विभिन्न यातायात ब्यवसायीसँग समन्वयरी गरी सञ्चालनमा ल्याउने कार्यकारी अधिकृत पौडेलले बताए ।

प्रकाशित मितिः बुधबार, चैत्र ३०, २०७३     9:52:55 PM

Ganesh Pahari

See all posts by