दासको रुपमा बेचिन्छन् अफ्रिकी आप्रबासी.

३० चैत/ युरोप प्रवेश गर्न चाहने अफ्रिकी आप्रबासी लिबियामा दासको रुपमा बेचिने गरेको आप्रबासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ ।

युरोप प्रवेश गराउने क्रममा अफ्रिकी आप्रवासीलाई मानव तस्करले लिबियाको दास बजारमा किनबेच गर्ने गरेका आइओएमले बताएको छ । मानव तस्कर समूह तथा लडाकु समूहले आफूहरुलाई बन्धक बनाएर राख्ने र त्यसपछि गाडीमा राखेर बेच्नका लागि लैजाने गरेको पीडितले आइओएमसँग बताएका छन् ।

रंग लगाउन तथा तायलको काम गर्न जान्ने आप्रबासी बढी मूल्यमा बिक्ने गरेका छन् । लिबियाको दास बजारको रुपमा चिनिएको ठाउँबाट सब साहारा अफ्रिका क्षेत्रका सयौं युवा आप्रबासी पक्राउ परेको आइओएमको प्रतिवेदनमा उल्लेख गरिएको छ । आप्रबासीलाई तस्कारले खान पनि नदिने गरेको पीडितले बताएका छन् । यसरी दासको रुपमा बेचिन बाध्य आप्रबासीमा सेनेगल, माली, गिनी, आइभरी कोस्ट, नाइजेरिया, सुडान, सोमालियासहितका देशका युवा धेरै छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र ३०, २०७३     7:44:31 AM

Ganesh Pahari

See all posts by