लक्ष्मी मावि अघौं  कक्षा १२ लाई विदाइ.

 लेखनाथ २९ , चैत/   पोखरा लेखनाथ महानगरपालिका वडा २६ अघौंं बजारमा रहेको लक्ष्मी माविमा राष्ट्रिय परीक्षा वोर्डको परीक्षा तयारी गरिरहेका कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ एवम् शुभकामना कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कक्षा ११ को आयोजनामा भएको उक्त कार्यक्रम कक्षा ११ की आरती पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीले विद्यार्थीहरुले सदैव अनुशासनलाइ कायम राख्दै विद्यालयको नाम उच्च राख्नपर्नुमा जोड दिएका थिए ।

कक्षा ११ की नम्रता भट्टराइले स्वागत तथा प्रदिप थापा भुजेलले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिकेश बराल, सहायक प्रधानाध्यापक ठाकुर प्रसाद घिमिरे , भवन निर्माण समितिका अध्यक्ष कर्ण बहादुर जिसी, शिक्षक युनियनका पूर्व अध्यक्ष जगननाथ अधिकारी , व्यवस्थापन समितिका सदस्य सीता भण्डारी, बृन्दा सुवेदी, हरी प्रिया पौडेल, इश्वरी जिसी लगाएतले विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

कक्षा १२ की सृजना ढुङ्गानाले आयोजक कक्षा ११ लाई धन्यवाद ज्ञापन गर्दै अभिभावक र गुरुहरुको मार्ग निर्देशन अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । विविध सांस्कृतिक कार्यक्रमका साथमा सम्पन्न सो कार्यक्रममा कक्षा १२ का ७० जना विद्यार्थीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थिया

प्रकाशित मितिः मङ्लबार, चैत्र २९, २०७३     10:22:10 PM

Ganesh Pahari

See all posts by