प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त.

काठमाडौं ,२८ चैत/ सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ ।

कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको एक मन्त्रीले बताए ।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगायो ।

र, चैत ८ गते चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु पर्ने आशयसहितको परमादेश दिएको थियो ।

तर, सर्वोच्चले अन्तिम फैसला गर्नु अघि प्रकाश अर्याल पनि सर्वोच्च पुगेका थिए । सुरुमा उनको रिट दर्ता हुन सकेन । दर्ता भएपछि पनि उनको रिटको अझै सुरुवाई भएको छैन ।

प्रकाशित मितिः सोमवार, चैत्र २८, २०७३     9:01:17 PM

Ganesh Pahari

See all posts by