अन्नपूर्ण बिद्यालय द्धारा सम्मान सहित शुभकामना आदाप्रदान.

 गणेश पहारी, पोखरा,२९ चैत/  पोखरा लेखनाथ महानगर पालिका शान्तिपथ बैदाममा रहेको अन्नपूर्ण आधारभुत विद्यालयले आउदै गरेको नयाँ बर्ष २०७४को अबसरमा शुभकामना आधान प्रधान सहित विद्यालयलाई सहयोग गरेका संघ संस्था र विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

विद्यालयले सोमबार एक कार्यक्रमका विच सहयोगी संस्था र ब्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्रले समान गरेको थियो ।

कार्यक्रममा विद्यालयलाई सहयोग गरेका भन्दै लायन्स क्लव अफ पोखरा मुनाल, लायन्स क्लब अफ लेकसाइड तेसै गरी लायन्स क्लब अफ पोखरा दर्शन र समाजसेवी यूवाँ पर्यटन ब्यबसायी दामोदर गिरी लाई सम्मान गरिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिबजि कुवँरले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा विद्यालयमा अध्यनरत गरिब जेहेन्दार विद्यार्थिहरुको पाठय् पुस्तकमा सहयोग लागि भन्दै बैदाम निवासीहरु हरिकृष्ण पहारीले नगद ५ हजार , दामोदर गिरीले ५ हजार निर्मल पहारीले ३ हजार तेसै गरि बलराम पहारीले २ हजार, जयराम तिमिल्सीनाले नगद २ हजार र सोभा पाण्डेले २ हजार सहयोग गरेका थिए ।

उक्त सहयोग रकम बुझदै बिद्यालय प्रअ विना कुमारी पौडेलले सहयोगीहरु द्धारा प्राप्त रकमलाई विद्यालयले अक्षयकोषको स्थापना गरि अध्यक्षकोषको ब्याज बाट प्राप्त रकम करिब र जेहेन्दार बिदर्थिहरु लाई प्रधान गरिने बताएकी छन ।

विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शिवजि कुवँरको सभा अध्यक्षतामा सम्मपन्न कार्यक्रममा तारानाथ अधिकारी, टंकनाथ पहारी लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष ज्ञानेन्द्रराज कोईराला तेसै गरि लायन्स क्लव अफ लेकसाइडका अध्यक्ष जयराम तिमिल्सीना, लायन्स क्लव अफ दर्शनका अध्यक्ष शोभा पाण्डे र सामाज सेवी दामोदर गिरी लागाएतका बक्ताहरुले विद्यालय जस्तो क्षेत्रमा सहयोग गर्ने पाएको खुशि ब्यक्त गर्दै आगामी दिनहरुमा पनि विद्यालयमा सहयोग गर्ने बचन बद्धता सहित आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मितिः सोमवार, चैत्र २८, २०७३     3:49:20 PM

Ganesh Pahari

See all posts by