भारतमा हिन्दु केटीसँग प्रेम गरेको भन्दै एक मुस्लिम युवकको निर्मम हत्या

चैत २६ –

हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारत झारखण्डको गुम्ला जिल्लामा एक युवकको निर्मम हत्या गरिएको छ । आफ्नो केटी साथीलाई स्कुटरमा घरसम्म छोड्न गएका २० वर्षका मोहम्मद शलिकलाई स्थानीय केही मानिसले पोलमा बाँधेर पिटेका थिए ।

बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । निर्मम कुटाइबाट घाइते भएका मोहम्मदको बिहीबार ज्यान गएको हो । मोहम्मद ती केटीसँग गएको एक वर्षदेखि साथी थिए ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २६, २०७३     10:43:13 AM

Tara Chapagain

See all posts by