कमाण्डिङ्ग अफिसर कर्णल गुप्तासँग भेटघाट

पोखरा, २४ चैत्र / थ्री मेकानाइज्ड इन्फेन्ट्री(१÷८ गोर्खा राइफल्स)भुपू सैनिक परिवारले विहीवार भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र(भारतीय पेन्सन क्याम्प)पोखरामा केही समय अघि कमाण्डिङ्ग अफिसर(सि.ओ.) को जिम्मेवार लिइ आउनु भएका कर्णल रोहित गुप्तालाई स्वागत र भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा थ्री मेकानाइज्ड इन्फेन्ट्रीकै कर्णल रोहित गुप्ता कमाण्डिङ्ग अफिसर भई पोखरा आउनु भएको खुशीयालीमा कर्णल गुप्ता, मेम मोना गुप्ता, सासु वर्षा सुद, छोरा र कमान अधिकारीलाई थ्री मेकानाइज्ड इन्फेन्ट्री(१÷८ गोर्खा राइफल्स)भुपू सैनिक परिवारले स्वागत र भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा कर्णल गुप्ता एवं परिवारलाई थ्री मेकानाइज्ड इन्फेन्ट्री(१÷८ गोर्खा राइफल्स)भुपू सैनिक परिवारको तर्फबाट स्वागतका साथै सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै कर्णल गुप्ताले थ्री मेकानाइज्ड इन्फेन्ट्री(१÷८ गोर्खा राइफल्स) भुपू सैनिक परिवारको स्वागत र भेटघाटका लागि धन्यवाद व्यक्त गर्नुभयो । थ्री मेकानाइज्ड इन्फेन्ट्री(१÷८ गोर्खा राइफल्स)ले भारतीय सेनामा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुहुदै उहाँले अहिले थ्री मेकानाइज्ड पल्टनमा भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । पिपिओ पोखरामा रहदा भुपूका लागि सक्दो सेवा सुविधा प्रदान गर्न पहल गर्ने कर्णल गुप्ताको प्रतिवद्धता थियो ।

थ्री मेकानाइज्ड इन्फेन्ट्री(१÷८ गोर्खा राइफल्स) भुपू सैनिकका अध्यक्ष सुवेदार मेजर अनरेरी क्याप्टेन रामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नायव सुब्बा क्लार्क रामलाल रोकाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रकाशित मितिः बिहिबार, चैत्र २४, २०७३     8:26:57 PM

Ganesh Pahari

See all posts by