जंगली च्याउ खादा पोखरामा एकको मृत्यु, तीन गम्भिर.

पोखरा २३ चैत्र / जंगली च्याउ खादा पोखरा एक युवतीको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १६ लामाचौरकी १९ वर्षिय मन माया तामाङको ज्यान गएको छ भने अन्य तीन जनाको अबस्था गम्भिर छ ।

चैत १९ गते च्याउ खाएरकी उनलाई २१ गते उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याएको प्रहरीले जानकारी दिएको छ । तामाङको बुधबार साझँ मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी परेका १२ बर्षीय आयुश मगरलाई थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौं लगिएको छ भने अन्य दुई जनाको पोखरामा नै उपचार भईरहेको छ ।

६० बर्षीय माइली तामाङको मनिपाल र सोनाम मगरको चरक अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाई छ । बिशाक्त च्याउ खाएकै कारण उनीहरु बिरामी परेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र २३, २०७३     8:34:34 PM

Ganesh Pahari

See all posts by