काठमाडौं,२० चैत/ निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रिहा हुन अस्वीकार गरेको छ ।
नयाँ शक्ति पार्टीका नेपालका संयोजक भट्टराईसहितका पुलिस क्लबमा राखिएका नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको छ । तर, डा. भट्टराईले आफूहरु धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने बताएका छन् ।
बाहिर निस्कन नमानेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले भट्टराईमाथि लछारपछार गर्दै दुर्व्यवहार गरेको नयाँ शक्तिका नेता विश्वदिप पाण्डेले बताए ।
सुरक्षाकर्मीले महिला नेतृहरुमाथि पनि दुर्व्यवहार गरेको उनले दाबी गरे ।
बाहिर नयाँ शक्ति नेपालका कार्यकर्ता प्रर्दशन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।