गाविएका वडाहरुमा जेठोलाई सभापति.

पोखरा, २० चैत। नेपाली काँग्रेस कास्कीको आइतबार वसेको बैठकले राज्य पुनसंरचनाका क्रममा गाभिएका वडामा केन्द्रीय समितिको अर्काे परिपत्र नआउँदासम्म सभापतिमध्येबाट जेष्ठताका आधारका सभापति तोकि पार्टीका गतिविधि अघि बढाउने निर्णय गरेकोे छ ।

बैठकले स्थानीय तह निर्वाचनका लागि अन्य पार्टीसँग छलफल गर्न कास्की सभापति कृष्ण केसीको संयोजकत्वमा समिति गठन गरेको छ।
समितिमा काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, क्षेत्र नं ३ का सभापति विजयराज आचार्य र क्षेत्र नं ४ का सभापति पोषनाथ शर्मा सदस्य छन्। बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३     7:27:07 PM

Ganesh Pahari

See all posts by