भदौरे स्वाथ्यचौकीमा सामाजिक परिक्षण तथा आमभेला सम्पन्न.

पोखरा, चैत्र २० /स्वास्थ्य चौकीहरुको सेवाप्रवाहलाइ जिम्मेवार र जवाफदेही बनाउनका लागी तेश्रो पक्षबाट गरीने सामाजीक परीक्षणले प्राथमीक चरणका स्वास्थ्य संस्थाहरुमा उल्लेखनिय सुधार भएको छ । रोग लागेपछि उपचार गराउनु भन्दा रोग नै लाग्न नदिने लक्षकासाथ जनचेतनामुलक कार्यक्रम गरी स्वास्थ्य चौकीबाट उपलब्ध सेवाहरुको गुणस्तर बढाउन अबस्यक पहल गर्न स्थानीय जनताको सहयोग महत्वपुर्ण हुन्छ । उक्त कुरा कास्कीको साविक भदौरेतामागी हालको पोखरालेखनाथमहानगरपालिका– वडा नं २३ अन्तर्गत रहेको भदौरे स्वास्थ्यचौकीमा सामाजिक परिक्षणका अबसरमा जिल्ला जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले बताएका हुन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको आमभेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जनस्वास्थ्य अधिकृत बरालले भौगोलीक अबस्थाको कारण सर्बका लागी पायक पर्ने स्थानमा स्वास्थ्यचौकी नभएका ठाउमा सामुदायीक सेवा केन्द्र सञ्चालन गर्न सकिने बताउदै समुदायसँग मिलेर स्वास्थ्य संस्थाहरुलाइ प्रभाबकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा सुनास कास्कीका कार्यक्रम अधिकृत भानु पराजुलीले स्वास्थ्य सेवा जनताको मौलीक अधिकार भएको र प्राथमीक स्वास्थ्य केन्द्रहरुबाट भैरहेको सेवालाइ थप प्रभाबकारी बनाउनुपर्ने बताए । सो अवसरमा सुनास कास्कीका सदस्य एबं सहजकर्ता विष्णु अधिकारीले भदौरे स्वास्थ्य चौकीकोे सेवा प्रवाहको अवस्था तथा समस्याहरुको बारेमा सामाजीक परिक्षण रिपोर्ट प्रस्तुत गर्दै स्वास्थ्य सेवाको पहुच आम नागरीकहरुमा पुरयाउनका लागी राज्यले गरेको लगानीको उचित फाइदा लिन सक्नु पर्ने र स्वास्थ्य संस्थाको काम तथा सेवा प्रबाहमा स्थानिय नागरीक जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजनितिक दलका प्रतिनिधि नेपाली कांगे्रसका बिष्णुप्रसाद पराजुली, नेकपा एमालेका दामबहादुर बिक,नेकपा माओबादी केन्द्रका घनस्याम पराजुली सहभागीहरु लक्ष्मीप्रसाद भण्डारी,अर्जुन सुनार,हर्पनकोट माबिका प्रअ मिनबहादुर गुरु रुद्र भण्डारी, चन्द्रा अधिकारी, कर्णबहादुर गुरुङ, म.स्व.से. गिता भटटराइ, ग.गा भण्डारी लगायतले गाउको भुबनोटको कारण अपायक स्थानमा रहेको स्वास्थ्य सेवालाइ सबैको पहँुचपुग्ने स्थानमा सेवा बिस्तार गरीनु पर्ने बताएका थिए ।

कार्यक्रममा हेल्थपोष्ट इन्चार्ज यादबराज दाहालले स्वास्थ्यचौकीबाट उपलब्ध सेवाहरुको जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन बिष्णु अधिकारीले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३     7:19:21 PM

Ganesh Pahari

See all posts by