नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीको हित विपरित संविधान संशोधन नहुने बताउनुभएको छ ।
पोखराको मानवअधिकार चोकमा शुक्रबार भएको आयोजित जनसभालाई कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो – “नेपाली जनतालाई कमजोर पार्ने गरी संविधान संशोधन हुन्न ।”
उहाँले नेपाल सबैको साझा देश भएकाले साझा ढङ्गले नै अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । उहाँले अहिलेको संविधानले कसैलाई कुनै भेदभाव नगरेको पनि बताउनुभयो ।
आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर अहिले जस्तो नाटकिय रुपमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले नउभिने दावी गर्नुभयो ।
ओलीले केहि राजनितिक दलहरुले हार्ने डरले निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
अहिले एमालेको पक्षमा देशभर जनलहर आएको अध्यक्ष ओलीको दावी रहेको छ । एमाले अध्यक्ष ओलीले अन्य पार्टीका नेताहरुलाई पनि एमालेमा आउन आह्वान गर्नुभएको छ
सभा
पोखराको अमरसिहचोक, सृजनाचोक, रानीपौवा र वगरबाट र्याली निकालिएको थियो । र्यालीमा पञ्चेबाजा सहित कार्यकता र एमाले सुभेच्छुकको ठूलो सहभागीता रहेको थियो । यसैवीच कार्यक्रममा काँग्रेस, माओबादी केन्द्र, राप्रपा लगायतका पार्टी परित्याग गरि १३ सय जना एमाले प्रवेश गरेका थिए । कायंक्रम एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष मनबहादुुर गुरुङ र संचालन सचिव दामोदर बैरागीले गर्नु भएको थियो ।