वर्डप्रेस पोखराको मार्च मिटअप सम्पन्न

पोखरा, १७ चैत | वर्डप्रेस पोखरा नेपालले आयोजना गरेको चौथो संस्करणको वर्डप्रेस मार्च मिटअप बिहीबार पोखरामा सम्पन्न भएको छ ।

मिटअपमा वेवपेज नेपालका संचालक पितमबहादुर सेनले वर्डप्रेसको महत्व र वर्डप्रेसबाट कसरी करियर बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई जानकारी दिएका थिए । साथै विश्वमा हाल बनिरहेका वेवसाइटहरु मध्ये करिव ३० प्रतिशत वेवसाइट वर्डप्रेसमा नै निर्माण हुने हुँदा वर्डप्रेसको महत्व दिन दुईगुणा, रात चौगुणाले बढ्दो क्रममा रहेकोले वर्डप्रेसमा राम्रो भविष्य रहेको बताए ।

त्यसै गरी मिटअपमा गोरेटो सफ्टवेयरका प्रबन्ध निर्देशक निशाल गुरुङ्गले वर्डप्रेस के हो र यसबाट आफूले छोटो समयमा व्यावसायिक सफलता हासिल गरेको भन्दै सवैलाई वर्डप्रेसमा काम गर्न प्रेरित गरेका थिए ।

सो मिटअपमा सहभागीहरु अनिश उप्रेती, अनिल गुरुङ्ग, सुरज श्रेष्ठ, विनायक पौडेल, अनङ्ग थपलिया, नविन आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको संचालन वेवपेज नेपालका वेव डिजाइनर पूर्णिमा साईले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     10:06:13 PM

admin

See all posts by