नेपाल प्लस अनलाइन रेडियो र टेलिभिजन संचालनमा.

 गणेश पहारी, पोखरा, १७ चैत । नेपाल प्लस प्रालि पोखरा द्धारा संचालित अनलाइन रेडियो सहित टेलिभिजन औपचारीक रुपमा आइतबार देखी संचालनमा आउने भएको छ । प्रालिले पोखरामा विहिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले उक्त कुराको जानकारी गराएका छन ।

आइतबार बाट संचालनमा आउन लागेकोे अनलाइनबाट प्रसार हुने रेडियो र टेलिभिजन पोखराकै पहिलो रहेको छ । नेपाल सरकारले तोकेको कानुनी मान्यता सहित प्रेस काउन्सिल नेपाल र सुचना विभागबाट स्वीकृति प्राप्त गरि संचालनमा ल्याउन लागिएको कार्यक्रममा संस्थाका प्रवन्धक निर्देशक नरमाया रसाइलीले जानकारी दिएकी छन ।

देश देखी प्रदेशसम्म भन्ने उद्ेघोषतसहित संचालनमा आएको रेडियो र टेलिभिजनले स्थानिय स्तरका हरेका गतिविधीलाई विश्व समुदायसम्म पहिचान र देश प्रदेशमा छरिएर रहेको नेपालीहरुको सिप, क्षमता, पर्यटन विकास र नेपाली धर्म कला सास्कृति र साहित्य संगित सहित पोखरालाई विश्व सामु चिनाउने उदे्श्यले रेडियो सहित टेलिभिजन संचालनमा ल्याएको प्रवन्धक निर्देशक रसाइलिले बताएकी छन ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले अनलाइन माध्यबाट रेडियो र टेलिभिजन पोखराबाट संचालनमा आउनु गर्वको कुरा रहेको भन्दै यसले यस क्षेत्र पर्यटन देखी धर्म सस्कृतिलाई विश्व सामु चिनाउनु पर्ने कुरामा जोड दिएका थिए । संस्थाले ब्यवसायी पत्रकारीता थालनि सहित सस्थामा कार्यरत पत्रकारहरुको रोजीरोटीको समस्या समाधान गर्ने कुरामा ध्यान दिन आग्रह गर्दै सरकारले तोकेको न्युनतमा पारिश्रमिक लागु गर्ने पर्ने कुरा जोड दिएका थिए ।

संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना बर्षा शर्माले समाजमा रहेका आवाज विहिनहरुको आवाज बन्न सकोस भनि आफ्ना भनाई राखेकी थिइन ।

पोखराको सृर्जना चोकमा स्टेशन स्थापना गरि यही आउँदो चैत २० गते आइतबार बाट नियमित प्रसारण आरम्भ गर्ने रेडियोले यस क्षेत्रमा रहेका पत्रकारीतालाई स्थापित मान्यतालाई आत्मसात् गर्दै अघि बढने कुरालाई जोड दिदै सम्पूण पोखरेलीको साथ पाउने अपेक्षा संचालक तथा प्रवन्ध निर्देशक नरमाया रसाइलीको रहेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     8:22:25 PM

Ganesh Pahari

See all posts by