आज पत्रकार महासंघको ६२ औं स्थापना दिवस.

पोखरा १६ चैत / पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले बुधबार ६२ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा महासंघको केन्द्रिय कार्यालय सहित देशभरका शाखामा विभिन्न कार्यक्रम भैरहेका छन् ।

दिवसको अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष महेन्द्र विष्टले देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको बेला अझ संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई अपील गरेका छन् । २०११ साल चैत १६ गते महासंघ स्थापना भएको थियो । दिवसको अबसरमा महासंघ कास्की शाखाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     11:21:09 AM

Tara Chapagain

See all posts by