पोखरा १४ चैत्र / नेकपा एमाले पोलिटव्युरोका वैकल्पिक सदस्य जगत विश्वकर्माले राष्ट्रीय स्वाधिनता र राष्ट्र हितका लागि एमाले जुनसुकै वलिदान दिन तयार रहेको वताएका छन ।
एमाले पोखरा १९ लामाचौर र साविक पुरन्चौर गाउ विकास समितीको सोमवार लामाचौरमा आयोजित संयुक्त पार्टी प्रशिक्षण कार्यक्रममा वोल्दै प्रदेश नं ४ का सचिव समेत रहेका विश्वकर्माले स्थानिय तहको निर्वाचन लगायतका निर्वाचनहरुमा राष्ट्रवादि शक्तिको जितले नै मुलुक जोगिने हुंदा निर्वाचनमा लाग्न सवै कार्यकर्तालाइ आह्वान गरे ।
प्रशिक्षण कार्यक्रममा वोल्दै एमाले सांसद रविन्द्र अधिकारीले मधेशि मोर्चालाइ अघि सारेर नेपाली कांग्रेस र माओवादी केन्द्र स्थानिय तहको निर्वाचनवाट भाग्न खोजेको तर देश निर्वाचनमा होमीइ सकेकाले कसैले चाहेर निर्वाचन नरोकिने वताए। उनले स्थानिय तहको निर्वाचन संविधान कार्यान्वयनको पहिलो कडी भएको र एमाले हार्न तयार भएपनि मुलुकलाइ हार्न नदिने वताए ।विकास समितीका सभापति समेत रहेका अधिकारीले स्थानिय निकाएको निर्वाचनले शिंहदरवारको अधिकार गाउंसम्म आउने हुंदा स्वार्थको खेलमा नलागी निर्वाचनमा होमिन कार्यकर्तालाइ आग्रह गरे ।
एमाले सांसद सिता गिरी ओलिले राष्ट्रियता, जनजिवीकाका क्षेत्रमा एमालेको अभियान जारी रहेकाले आम जनताको साथले नै एमाले आफनो लक्षमा पुग्ने वताइन ।नेकपा एमाले कास्किका अध्यक्ष कृष्ण थापाले सुखि नेपाली समृद्ध नेपाल एमालेको निती रहेको वताउंदै प्राकृतिक सौन्दर्य र सास्कृतिक सम्पदायुक्त र आर्थिक रुपले सम्पन्न महानगरका रुपमा पोखराको विकासका लागि एमालेको जित आवस्यक रहेको वताए ।
एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४का सदस्य श्रीनाथ वराल ,भिम कार्कीले एमाले कार्यकर्तालाइ जनतााको वहुदलिय जनवाद,स्थानिय निकाए र जन प्रतिनिधीको भुमीका लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
निर्वाचनलाई लक्षित गर्दै एमालेले पार्टी सदस्य र अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको हो । वडा किमटीका अध्यक्ष विष्णु गौतमले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य इमानराज पौडेलले स्वागत गरेका थिए ।