शुभकामना कप फुटबल प्रतियोगिता हुने.

पोखरा, १३ चैत/  हेमाज युनाईटेड पोखरा लेखनाथ महानगरपालिका–२५ हेमजाको आयोजना शुभकामना कप फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता बैशाख १ देखि ७ गते सम्म गौरी शंकर खेल मैदान (गैरी)मा चल्ने छ।

खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीहरुलाई विकृति र विसङ्गति बाट जोगाई सहि बाटो देखाउनका लागि टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको संयोजकत्वमा मुल आयोजन कार्यसम्पादन समिति गठन गरिएको छ।

त्यसैगरी, प्रतियोगितालाई सफल बनाउका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ। अर्थसंकल उपसमिति संयोजकमा मनोजकुमार श्रेष्ठ, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, ग्राउण्ड व्यवस्थापन उपसमिति संयोजकमा विशालज· कुँवर, खेलकुद सामाग्री र रेफ्री व्यवस्थापन उपसमितिमा राजु कुँवर रहेका छन्।

त्यस्तै, स्वागत सत्कार उपसमिति संयोजकमा बुद्धदेवी कुँवर, स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा सौरभ कार्की, यातायात व्यवस्थाप उपसमिति संयोजकमा नारायणबहादुर कुँवर, पुरस्कार तथा मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर, साउण्ड सिष्टम व्यवस्थापन उपसमिति संयोजकमा तीर्थराज देवकोटा, शान्ति सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा भारतिय भूमू गोर्खा र नेपाल भूपू सैनिक तथा सदस्यमा हेमजाका सम्पूर्ण आमा समूह, स्वास्थ्य सेवा उपसमिति संयोजकमा हेमजा उपस्वास्थ्य चौकी तथा सदस्यहरुमा हेमज रेडक्रस सोसाईटी, हेमज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, हेमजा पोलि क्लिनिक, राजेश मेडिक हल, बास्तोला मेडिकल हल, राधा कृष्ण मेडिकल हल रहेका छन्।

साथै, खाजा व्यवस्थापन उपसमिति संयोजकमा महोदत्त पौडेल(मणि), युवा परिचालन उपसमिति संयोजकमा धमेन्द्र कुँवर(कान्छा) र सचिवालय व्यवस्थाप उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना रहेका छन्।

यस वर्ष प्रतियोगितामा पुरस्कारको राशी बृद्धि गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हाजर दोस्रो हुनेलाई ७५ हजार कप मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडिलाई पाँच हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ। त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोकृष्ट गोलकिपर, डिफ्रेन्स, मिड फिल्डर, फर्वाड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही दुई हजार पाँच सय ट्रफी र प्रमाण पत्रको व्यवस्था गरिएको हेमज युनाईटेडका सचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए। प्रत्योगितामा अनुशाशित टिमलाई आठ हजार ट्रफि र प्रमाण पत्रको व्यवस्था गरिएको छ। प्रतियोगितो प्रत्येक खेलमा म्यान अफ दि म्याच लाई आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगामा १६ टिमले सहभागि जनाउने अपेक्षा गरिएको छ भने टिम दर्ता शुल्क आठ हजार राखिएको छ। प्रतियोगितामा एन्फामा आवद्ध क्लब र विभागिय टिम मात्रै सहभागि जनाउन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागि हुन आउने वाहिरी जिल्लाका क्लबलाई भने विशेष सुविधाको व्यवस्था गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।

जिल्ला बाहिर बाट आउने क्लबलाई आते जाते भाँडा टिम दर्ता शुक्ल निशुल्क गरिएको कुँवरले जानकारी दिए।
प्रतियोगिता १६ लाख ६३ हजार आम्दानी हुने र १४ लाख ६० हजार खर्च हुने अनुमान गरिएको अर्थ संकलन उपसमिति संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए।

हेमजा यनाईटेडको पहलमा गौरी शंकर खेल मैदान(गैरी) लाई व्यवस्थित खेल मैदान बनाउन लागिएको छ। खेल मैदनमानै वन्न लागेको हेमजा युनाईटेडको भवनलाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन्।

स्व.कर्णेल इन्द्र कुँवरको सम्झनामा श्रीमती लक्ष्मी कुँवरबाट पाँच लाख, सुवेदार श्यामबहादुर सापकोटाबाट ७० हजार, स्वर्गीय डिलबहादुर सपाकोटा र स्व.मनिकर्ण सापकोटाको स्मृतिमा छोरी खरिका थापाबाट ५० हजार सहयोेग प्राप्त भएको छ।

भवन निर्माणकै लागि हेमजा युनाईटेड अमेरीका, हेमजा युनाईट युके, हेमजा युनाईटेड जापान, हेमजा युनाईटेड कोरीया, प्रवासी हेमजा सेवा समाज, दोहा कतार, केवि गाईज जापान अष्ट्रेलिया, अष्ट्रेलिया समाजबाट सहयोग प्राप्त भएको कोषाध्यक्ष इन्द्रबहादुर कुँवर जानकारी दिए। त्यसैगरी, भवन निर्मणकै लागि विभिन्न संघ संस्था र व्यत्तिबाट पनि सहयोग प्राप्त भएको छ।

‘सवैको सहयोगकै कारण भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’–अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने–‘यहाँहरुको सहयोग र सद्भावले नै संस्था यहाँ सम्म आईपुगेको छ। आगामि दिनमा पनि यहाँहरुको सहयोग सल्लाहको अपेक्षा गरेका छौ।’
हेमजा युनाईटेडले खेलकुदको अलवा, समाजिक, साँस्कृति, कृषि, शिक्षा क्षेत्रमा पनि काम गर्दै आएको छ।

प्रकाशित मितिः आइतवार, चैत्र १३, २०७३     5:37:05 PM

Ganesh Pahari

See all posts by