कैलालीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

धनगढी,  १३ चैत/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमाला कुचैनी सडकखण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा साविकको साडेपानी गाविसका ३० वर्षका प्रकाश चौधरी र हरिनारायण चौधरी तथा साविकको मुनुवा गाविसका २३ वर्षका रामलाल चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमका लागि छुटेको से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु ३ त ५०३२ नम्बरको ट्रयाक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका तीनै जनाको ज्यान गएको हो ।

प्रकाशित मितिः आइतवार, चैत्र १३, २०७३     11:58:49 AM

Tara Chapagain

See all posts by