गोंगबुस्थित एक व्यवसायिक भवनमा आगलागी,लाखौंको क्षति

१२ चैत, काठमाडौं ।

काठमाडौंको गोंगुबको चोकस्थित एक होटलमा आगलागी भएको छ । पाथिभरा रोधीघर रहेको गेष्ट हाउस भवनमा आगलागी भएको हो ।

आगो भुइँतल्लाबाट सल्किएको गोंगबु बृत्तका सहायक निरीक्षक दुर्गाएदत्त भट्टले जानकारी दिए । गोंगबुको बसपार्कको गेटअघि श्रेष्ठ बेकरी रहेको भवनको पहिलो र दोस्रो तल्लामा भीषण आगलागी भएको हो ।

आगो भुइँ तल्लाकै श्रेष्ठ बेकरी सपबाट सल्किएको प्रहरीको अनुमान छ । आगोबाट बेकरी सपका समानहरु जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ ।

आगलागीबाट सो भवनमा रहेको एक जुत्ता पसलमा पनि क्षति पुगेको छ भने एउटा बुक सप ट्राभल एजेन्सीमा पनि सामान्य क्षति पुगेको छ ।

पाथिभरा रोधीघरमा पनि समान्य क्षति पुगेको प्रहरीले बताएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको साथमा काठमाडौं महानगरपालिकाको दमकल पनि परिचालन भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिको विवरणा भने संकलन गर्न बाँकी छ । अागलागीबाट लाखाैंको क्षति पुगेको अनुमान छ ।

 

 

प्रकाशित मितिः शनिबार, चैत्र १२, २०७३     8:14:01 PM

Tara Chapagain

See all posts by