पोखराको गण्डकी मेडिकल कलेजमा क्षयरोग निदान तथा उपचार सेवा सुरु.

पोखरा, १० चैत / विश्व क्षयरोग दिवस २०७३ को अवसरमा गण्डकी मेडिकल कलेजमा क्षयरोग निदान तथा उपचार सेवाको सुरुवात गरिएको छ ।  “क्षयरोग अन्त्यको लागी सबै संगठित हौं” भन्ने मुल नाराको साथ मनाउँन लागिएको यस बर्षको क्षयरोग दिवशलाई साकार रुप दिन निजी क्षेत्रमा पनि सेवा सुरु गरिएको हो ।

योसंगै कास्कीमा क्षयरोग निदान तथा उपचार सेवा ६५ स्थानबाट उपलब्ध हुने जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, क्षय तथा कुष्ठरोग अधिकृत बसन्तनाथ भट्टराईले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक यम कुमारी खतिवडाको प्रमुख अतिथ्यता तथा गण्डकी मेडिकल कलेजका प्रमुख अधिकृत सन्तोषकुमार खनालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, क्षय तथा कुष्ठरोग अधिकृत बसन्तनाथ भट्टराईले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १०, २०७३     8:50:14 PM

Ganesh Pahari

See all posts by