सरकारले १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन.

काठमाडौं ९ चैत्र / व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ ।

सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया) , प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मा) , विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया) लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

संसदीय सुनुवाइपछि उनिहरूको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ठकालले जानकारी दिए । समितिले तीन दिन लगाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।

सुनुवाइका क्रममा उनिहरूले आ–आफ्नो अवधारणा र सोच प्रस्तुत गर्दै मुलुकको हित र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७३     8:25:13 PM

Ganesh Pahari

See all posts by