सुर्यबहादुर केसीद्वारा ११ लाखको अक्षयकोष स्थापना.

पोखरा ८ चैत / नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्ने गरी समाजसेवी एवं उद्योगपती सुर्य वहादुर केसीले नेपाल पत्रकार महासंघ कास्कीका नाममा ११ लाख ११ हजार एक सय ११ रुपयाको अक्षय कोष स्थापना गरि महासंघ कास्कीलाई हस्तान्तरण गरेका छन् ।

हिमश्री फुड्स प्रालिका अध्यक्ष समेत रहेका केसीले पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई एक समारोहका वीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

 उक्त कोषको व्याजवाट नेपाल पत्रकार महासंघ कास्की शाखाले हरेक वर्ष एक लाख ११ हजार एक सय ११ रासीको राष्ट्रिय स्तरको पुरस्कारले पोखराका एकजना अग्रज पत्रकारलाई सम्मान गरिने पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए । पुरस्कारको नाम स्वर्गीय कृतिवहादुर केसी स्मृती पत्रकारिता पुरस्कार रहने भएको छ ।

संविधान सभाका पुर्व सदस्य समेत रहेका केसीले यस वर्ष देखी नै उक्त पुरस्कार प्रदान गर्नका लागी कोष वाहेक थप एक लाख ११ हजार रुपया महासंघ कास्की शाखालाई प्रदान गरेको अध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए । उक्त पुरस्कार समाजसेवी सुर्य वहादुर केसीका स्वर्गीय पिता कृती वहादुर केसीको जन्मजयन्तीका दिन चैत १९ गते वितरण गरिने छ । उक्त पुरस्कार पहिलो पटक वितरण गर्नका लागी पत्रकार महासंघ कास्कीको मंगलवार वसेको वैठकले महासंघका सल्लाहकारहरु वद्री विनोद प्रतिक, रामकृष्ण ज्ञवाली, रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ सदस्य र सचिव राम प्रसाद तिमिल्सेना सदस्य सचिव रहेको प्रतिभा छनोट समिति गठन गरेको छ ।

यसैगरी वैठकले प्रजातन्त्रका सेनानी स्वर्गीय दयाशंकर पालिखेका नाममा स्थापीत दया शंकर स्मृती पत्रकारिता पुरस्कार र स्व. गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कारको प्रतिभा छनौट समिति गठन गरेको छ ।

स्व. दयाशंकर पालिखे स्मृती पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिमा महासंघ कास्कीका पुर्व अध्यक्ष कुसुमकेशव पराजुली, कृष्ण प्रसाद वास्तोला, नवराज सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष वा प्रतिनिधि, महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना रहेका छन् । उक्त पुरस्कारको राशि नगद रु ३३ हजार तीन सय ३३ रुपया र सम्मान पत्र रहेको छ । स्वर्गीय पालिखेको स्मृती दिवसमा आगामी वैशाख २२ गते प्रदान गरिने छ ।

यसैगरी स्व. गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिमा पुण्य पौडेल, कोमलनाथ वराल, रविन्द्र वास्तोलालाई चयन गरिएको छ । समितिमा पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेका छन् । जेठ दुई गते वितरण गरिने उक्त पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ ।

महासंघ कास्कीको वैठकले नेपाल पत्रकार महासंघ केन्द्रको वैठक चैत १९ र २० गते पोखरामा गर्ने निर्णय गरेको छ भने कास्की शाखाले गठन गरेको विभिन्न उपसमितिलाई पुर्णता दिएको शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ८, २०७३     9:27:16 PM

Ganesh Pahari

See all posts by