नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश.

 काठमाडौं, ८ चैत/ सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ । साथै अर्का डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परामादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले मंगलबार डीआईजी चन्दलाई -आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय बदर भएको फैसला सुनाएको छ ।

कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा भएकालाई छाडेर चौथो नम्बरमा रहेकालाई बढुवा गर्नु निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको सर्वाच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्चको पूर्ण इजलासले वहालवाला प्रहरी नायव महानिरीक्षक हरुमध्ये योग्यतम् र विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा औषत उच्च अंक प्राप्त गर्नेलाई तत्काल प्रहरी महानिरीक्षकमा नियुक्त गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्चको फैसलामा यहाँ डीआईजी सिलवाललाई नै प्रहरी प्रमुख बनाउन भनिएको छैन । तर, फैसलाको पृष्ठभूमिमा पछिल्लो चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा कुल औषक अंक हेर्दा नवराज सिलवाल पहिलो नम्बरमा रहेको उल्लेख छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ८, २०७३     9:16:43 PM

Ganesh Pahari

See all posts by