कवि समा श्रीको एकल कविता बाचन.

पोखरा, ४ चैत्र /  कवि समा श्रीको पोखरामा आयोजना गरिएको एकल कविता वाचन समपन्न भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कवि समा श्रीलाई एकल कविता वाचनमा उभ्याउएको हो ।

झन्डै डेढ दशक देखि साहित्य लेखनमा क्रियाशील समा श्रीले पछिल्लो समय नेपाली माटो र नारी संवेदनाका पक्षमा कलम चलाउँदै आउनु भएको छ ।

हालैैमात्र अल्पविराम नामक कविता संग्रह लिएर बजारमा आउनुभएकी समा श्रीले यसअघि वंशलोचन कविता संग्रह प्रकाशित गर्नुभएको थियो भने अहिले आमा, खगोलको मेरो अस्तित्व, मेरो प्रेम , किस्ने अर्थात एउटा भोट, म मृत सागरमा माछा मार्दैछु ,आमालाइ प्रश्न ,तराजु ,बुद्ध ,मौनबृत ,फुल बारुदको गन्द मन पराउदैन , उड नारी उड, अल्प बिराम ,सिता आवाज ,तृप्ती , चुराका टुक्रा , शालिकमुनि उभिएर, अष्टमान , प्रश्न, धुमधाम लगायतका झन्डै डेढ दर्जन कविता सुनाउनु भएको थियो । काठमाडौंको बालाजुमा जन्मेकी कवि समाका कवितामा प्रेम र नारीवादको कुशल संयोजन पाइन्छ ।

वहाले आफुलाइ यस कविता बाचनमा सहयोग गर्ने आयोजक पोख्रे्रली युवा परिवार लगायत सबै सहयोगीलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो

प्रकाशित मितिः शनिबार, चैत्र ५, २०७३     9:26:16 PM

Ganesh Pahari

See all posts by