म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफलز

चैत्र ३و मोनाको (एजेन्सी)– पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल भएको छ । अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब मोनाकोसँग ३–१ ले पराजित भएपछि अवे गोलका आधारमा इङ्लिस क्बल प्रतियोगिताबाट बाहिरिएको हो । यो सिजनमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इङ्लिस क्लबमध्ये लेस्टरमात्र बाँकी रहेको छ ।

पहिलो लेगमा ५–३ को जित हासिल गरेको सिटीले मोनाकोको मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपनि समग्रमा ६–६ को अवस्था बनेको थियो । बराबरीमा अवे गोल मोनाकोका लागि फाइदा जना रह्यो । मोनाकोको घरलु मैदानमा जित दिलाउन केलियन एमबाप्पे लोटिन, फावियानो र टिमोयु बाकायोकोले गोल गरे । सिटीका लािग लागि लिरोय सानेले गोल गरे ।

खेलको आठौ मिनेटमा लोटिनले गोल गरे भने फावियानोले २९ औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमै २–० को अग्रता बनायो । ७१ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर ७७ औं मिनेटमा बाबायोकोले गोल गरेपछि मोनाको विजयी भयो ।

बार्सिलोनाका लागि दुई पटक च्याम्प्यिन्स लिग उपाधि दिलाएका ग्वार्डिओलाले प्रशिक्षण गरेयता पहिलो पटक टोलीलाई क्वार्टरफाइनल पुर्याउन असफल रहे । पहिलो लेगमा ५ गोल गरेर पनि प्रतियोगिताबाट बाहिरिने सिटी पहिलो क्लब बनेको छ ।

गए राताको अर्को खेलमा बायर लेभरकुसनसँग गोलरहित बराबरी खेलेपछि पहिलो लेगको ४–२ ले जितेको एट्लेटिको मड्रिड क्वार्टरफाइनल पुगेको छ । योसँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । बार्सिलोना, रियल मड्रिड, बायर्न म्युनिख, बरुसिया डर्टमन्ड, युभेन्ट्स र लेस्टर अन्तिम आठमा पुगिसकेका छन् । क्वार्टरफाइनल ड्र शुक्रबार हुनेछ

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     9:28:03 PM

Ganesh Pahari

See all posts by