पोखरामा असिना सहितको पानिले तरकारी खेतिमा क्षेति .

गणेश पहारी, पोखरा, ३ चैत पोखरा । पोखरा सहित कास्की जिल्लाका बिभिन्न गाउँमा बिहीबार साझँ हावाहुरी सहित असिना र पानी परेको छ । असिनाले पोखरा र वरपरका साथै विभिन्न ठाउँ र गाउँमा तरकारी बालिमा असर गरेका स्थानीयहरुले बताएका छन् ।

पोखराको हेम्जा, मालेपाटन, सरङ्गकोट तेसै गरि चापाकोट र कास्कीकोट सहित अन्नपुर्ण गाउँपालिकाको नौ डाडाँ लगाएतमा असिनाले क्षत्री पुगेको स्थानीयले बताएका छन् । असिनाले कृर्षकले लगाएको नगदे बाली सहित काक्रो, घिरोला, लौका, काउली लगाएका तरकारीका विरुवामा क्षेति पुगेको उनीहरुले जानकारी दिएका छन ।

पानी सहित असिनाले गर्दा अन्य वालीलाई समेत असर गर्ने उनीहरुको भनाई रहेको छ र तर पानिले भने मकै खेतिलाई राम्रो भएको उनीहरुको भनाई छ । प्रि मन्सुन सुरु भएका कारण हावाहुरी सहित वर्षा हुने र मेघग्रजने, असिना पर्ने लगाएत यस्ता समयमा हुने गर्ने मौषम विदहरुको भनाइ रहेका

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     8:52:41 PM

Ganesh Pahari

See all posts by