मालेपाटनमा प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता सुरु.

पोखरा, ३ चैत/ बिहीबारदेखि पोखरा–५ मा मालेपाटन चौरमा प्रथम अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजना, जिल्ला भलिबल संघ कास्कीको समन्वय तथा पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग तथा मेट्रोसिटी हस्पिटलको मुख्य प्रायोजकमा उक्त प्रतियोगिता भएको हो ।

प्रतियोगिताको पहिलो दिनको शुरुवाती खेल पोखरा बहुमुखी क्याम्पस र आयोजक क्लबबिच भएको थियो । बेस्ट अफ थ्रीको नियममा खेलाईएको प्रतिोगितामा पोखरा बहुमुखी क्याम्पसले २५–१९ र २५–१४ को सोझो सेटमा आयोजक क्लवलाई पराजित गरेको थियो । त्यस्तै विहिबारनै भएको दोश्रो खेलमा कालाबाङ्ग युवा क्लबले न्यू प्रगतिशित युवा क्लवलाई २५–१० र २५–१६ को सेटमा बिजय हासिल गरेको छ ।

जिल्लाभित्र रहेका विभिन्न संघ, संस्था तथा क्लवहरुको विच भईरहेको उक्त प्रतियोगिता चैत्रको ५ गतेसम्म रहने कुरा आयोजकले बताएको छ । ११ टीमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार ५ सय पचपन्न र द्धितीय पुरस्कारको राशी ३० हजार ५ सय पचपन्न रहेको छ ।

बिहीबार भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सभासद् बन्दिादेवि रानाले युवाहरु खेलकुद क्षेत्रप्रतिको मोह र झुकावलाई प्रशंसा गर्दै लागुऔषधमा फस्नबाट बचाउनका लागि खेलकुद्लाई अग्रसर गराएकोमा धन्यवाद प्रकट गरेकी थिईन् । युवाले नै देशको मेरुदण्ड भएकाले सकरात्मक सोच राखि अगाडी बढ्नुपर्नेमा जोड दिएकी थिईन् । सभासद रानाले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

शुक्रबार ५ वटा खेल खेलाईने आयोजक क्लबले जानकारी दिएको छ । पहिलो खेल पोखरा क्लव र मालेपाटन जागृति टोलबिच हुनेछ । त्यस्तै दास्रो खेल मालेपाटन युनाईटेड क्लब र पुनहिल क्लब घोरेपानी, तेस्रो खेल नेपाल प्रहरी र पोखरा बहुमुखी क्याम्पस, चौथो खेल बाराही मावि र कालाबाङ्ग युवा क्लब, पाचौ खेल मालेपाटन युनाईटेड र पुनहिलको बिजेता टिमसँग सशस्त्र प्रहरिबल कालिका गण बिच हुने आयोजकले जानकारी दिएको छ ।

उद्घाटन सत्रमा टोल बिकास नगर तथा वडा समन्वय समिति ५ का अध्यक्ष उज्वल खत्री, दलित समन्वय समिति कास्कीका अध्यक्ष दुर्गा बहादुर सुनार, क्लबका संस्थापक अध्यक्ष जगदिश प्रसाद अधिकारी, वडा नागरिक मञ्च पोखरा ५ का संयोकज बसन्त गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत तथा जानकारी प्रतियोगितका संयोजक जय प्रकाश थापा पप्पुले गरेका थिएभने संचालन क्लबका सचिब राजु गिरीले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     8:48:09 PM

Ganesh Pahari

See all posts by