यातायात व्यवस्था विभागले बैशाखदेखि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’.

काठमाडौं, २ चैत / सरकारले सवारीसाधनमा २०७४ बैशाख देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । त्यसका लागि सम्पूर्ण प्राविधिक तयार पुरा भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

‘नयाँ वर्षसँगै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने कामको थालनी हुनेछ,’ विभागका प्रवक्ता डा टोकराज पाण्डेले भने । पाँच वर्षभित्र २५ लाख सवारी साधनको नम्बर प्लेट इम्बोस्ड गराउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुटनीतिक र सरकारी सवारी साधनबाट यो निर्णय कार्यान्वयन गरिने छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को तेस्रो संशोधनको नियम ४ को उपनियम ४ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि सरकारले इम्बोस्ड नम्बर प्लेटको अवधारणा अगाडि बढाएको हो ।

प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३     9:50:50 PM

Ganesh Pahari

See all posts by