सडकमा ढलेका अपरिचित युवकको मृत्यु.

पोखरा, १ चैत / पोखरा लेखनाथ महानगर पालिक १० बुद्धचोक स्थितको सडकको साइडको फोहोर फाल्ने ठाउँको नजिकै ढलेका एक जना अपरिचित ब्यक्तिको मृत्यु भएको छ ।

मंगलबार करिब १ बजे तिर करिब ३० वर्षका युवक एकासी ढलेको र केही बेरमा मृत्यु भएको छ । नाम थर, ठेगाना नखुलेका उक्त व्यक्ति ढलेको देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पश्चिमाञ्चल अस्पतालमा लगेकोमा अस्तालमा पुग्दा मृत्यु भई सकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नाम, थर, ठेगना नखुलेका कारण कसैको आफन्त भएमा प्रहरीमा सम्र्पक गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १, २०७३     9:13:54 PM

Ganesh Pahari

See all posts by