आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको पदाधिकारीहरुद्धारा पदभार ग्रहण.

पोखरा ,१ चैत्र /आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको पांचौ अधिवेशनबाट निर्वाचित कार्यसमिती, केन्द्रिय प्रतिनिधी र प्रादेशिक प्रतिनिधीहरुको पदस्थापन सम्पन्न भएको छ । फोनिज कास्कीको पांचौ अधिवेशन निर्वाचन मंडलले मंगलवार फोनिजको पांचौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिती, केन्द्रिय प्रतिनिधी र प्रादेशिक प्रतिनिधीहरुको पदस्थापन सम्पन्न गरेको हो ।
पदस्थापन समारोहमा वोल्दै तमु धि नेपालका अध्यक्ष कर्मा तमुले आदिवासी जनजाति पत्रकारहरुले आदिवासी जनजातिहरुको आवाज लाई उजागर गर्दै समाजमा आवाज विहीनहरुको आवाज बुलंद गर्नुपर्नेमा जोड दिइन । फोनिज कास्कीको हरेक अभियानमा तमु धिं नेपालले विगत स्थापनाकालदेखिनै सहयोग पु¥याउदै आएको बताउदै तमुले आगामी दिनमा पनि सहकार्य गरेर अगाडी वढ्ने वताइन ।
सो समारोहमा वोल्दै फोनिज कास्कीका संस्थापक तथा निर्वाचन मंडलका संयोजक रुद्र हिटान मगरले फोनिज कास्कीले आदिवासी जनजातिहरुको हरेक मुद्धालाई सञ्चारमाध्यामबाट जनतासामु पु¥याउनुपर्नेमा जोड दिए । सो अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ पत्रकार महासंघ र जनजाति पत्रकार महासंघले पत्रकारको हकहित र समाजका हरेक घटनाक्रमलाई सञ्चार माध्यामबाट उजागर गर्नतर्फ अग्रसर भइ सहकार्य गरेर अगाडी वढ्न आफु तयार रहेको वताए ।
त्यस्तै नवनिर्वाचित केन्द्रिय प्रतिनिधी शान्ति गुरुङले अझैपनि पत्रकारहरु बीच एकले अर्कालाई हेर्ने दृष्टीकोण फरक रहेको वताउदै सवै पत्रकारहरुको ब्यथा एउटै भएकाले सवैले सहकार्य गरेर अगाडी वढ्नुपर्नेमा जोड दिइन । निवर्तमान अध्यक्ष हुम बहादुर तमुले आफ्नो कार्यकाल सफल रहेको वताउदै नव निर्वाचित कार्यसमितीले आदिवासी जनजातिको पक्षमा आवाज उठाउनतर्फ अगाडी वढ्न सुझाव दिए ।
नवनिर्वाचित अध्यक्ष एम बि आस्था मगरले आफ्नो कार्यकालमा आदिवासी जनजाति पत्रकारहरुको बृद्धि बिकास र फोनिजलाई सशक्त बनाउन आफुले विभिन्न निकायहरु संग समन्वय गरेर अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
प्रकाशित मितिः मङ्लबार, चैत्र १, २०७३     8:36:35 PM

Ganesh Pahari

See all posts by