पोखरा, ३० फागुन / पोखराको विन्दावासिनी चोकमा रहेको एवि केयर एण्ड रिहाविलिटेशन हस्पिटल पोखरा स्तरउन्नती गरिने भएको छ । हस्पिटलले विगत १० वर्षदेखी फिजियोथेराथी तथा अकुपेशनलथेरापी उपचार सेवा प्रदान गर्दै आएको छ ।
हस्पिटलमा हाडजोर्नीका सवै प्रकारका अप्रेशन सेवा प्रदान गर्ने उद्देश्यले अप्रेशन थियटर आईसियु पोस्टअप २४ सै घण्टा संचालन गरिने मेडिकल डाईरेक्टर डा.रविमोहन ढकालले जनाकारी दिनुभयो ।
साथै अमेरीकन वरिष्ठ डाक्टरहरुको टिमद्धारा समयानुकुल उपचार तथा अप्रेशन सेवा समेत प्रदान गर्ने तयारी भैरहेको हस्पिटलका प्रबन्ध निर्देशक ऋषी खतिवडाले जानकारी दिनुभयो । निकट भविष्यमा उक्त हस्पिटल ए एण्ड वि इन्टरनेयाश्नल हस्पिटलको नामबाट संचालन हुने जनाईएको छ ।