विप्लव माओवादीका कार्यकर्ताले जलाए साझा बस

२८ फागुन, काठमाडौं ,

शनिबार  दिउँसो साझा यातायातको यात्रु बसमा आगजनी भएको छ । विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् ।

 

बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार खुकुरी र अन्य हतियारसहित आएको समूहले पेट्रोल छर्किएर आगजनी गरेको हो । नयाँबसपार्क-एयरपोर्ट रुटमा चल्ने बसमा आगजनी गरेलगत्तै सो समूह फरार भएका छ ।

कञ्चनपुर घटनाको बिरोधमा आज बन्द आह्वान भएपनि बिहानैदेखि साझा बसले यात्रु सेवा दिइरहेको थियो ।

बालाजुमा बस रोकेर सुरक्षाकर्मी, चालक र सह-चालक खाना खानका लागि गएका बेला बिप्लबका कार्यकर्ताले आगजनी गरेका पाण्डेयले बताए ।
‘हामीले कसैको पक्ष र विपक्षमा बस चलाएका होइनौं’ पाण्डेले भने-सबै दिनमा यात्रुलाई सेवा दिने पवित्र उद्देश्यले बस चलेका हुन् । तर, किन साझालाई निशाना बनाइएको भन्ने बुझेनौं । यो घटनाको हामी निन्दा गर्छौं ।’

प्रकाशित मितिः शनिबार, फाल्गुन २८, २०७३     5:00:32 PM

Tara Chapagain

See all posts by