सामाजिक अभियन्ता र पत्रकारहरुलाई भकारीको सम्मान

पोखरा, २७ फागुन ,

भकारी एड्भरटाइजिङले शुक्रबार एक विशेष समारोहकाबीच तमु समाज हङकङ अध्यक्ष सहित नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमिति र केन्द्रीय सभासदहरुलाई सम्मान गरेको छ ।पोखरामा रहेर विभिन्न फिल्म तथा म्यूजिक भिडियोहरु निर्माण गर्दै आएको कम्पनीले सामाजिक र साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’सहित नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिमला भण्डारी, सदस्य रेम बिक, मनोज घर्तीमगरसँगै केन्द्रीय सभासदहरु सरस्वती गुरुङ र नबिन सिग्देल सरिक भएका थिए । सहभागीहरुलाई भकारीले प्राचिन गुरुङ सँस्कारका पहिरनहरु ओडाएर सम्मान गरेको थियो । पुरुषहरुलाई फेता र भाङ्रासहित सम्मान गरिरहँदा कम्पनीले महिलाहरुलाई क्रमु ओडाएर सम्मान व्यक्त गरेको थियो ।

सामाजिक अभियन्ता समेत रहेका तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङलाई कम्पनीले विशेष सम्मानसहित नेपालमा स्वागत समेत गरेको थियो ।कोमल गुरुङले हङकङमा रहेर विभिन्न व्यवसाय संचालन गर्दै आएका छन् । सँधै नेपाल र नेपाली कलाकारहरुलाई माया गरिरहने कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’ले यो पटक नेपाल आएको बेलामा आफ्नो गाऊँको विकासका लागि साढे १२ लाख रुपैयाँ र स्याङ्जाको कोल्मास्थित विद्यालयलाई १६ लाख रुपैयाँ सहयोग प्रदान गर्दैछन् ।

कम्पनीको तर्फबाट अध्यक्ष रामबहादुर गुरुङ, निर्देशक कृष्णकुमार गुरुङ र व्यवस्थापक मिनु गुरुङले उनीहरुलाई सम्मान व्यक्त गरेका थिए । उनीहरुले तमु समाज हङकङका अध्यक्षलाई अझै बढि सामाजिक सेवामुलक काम गर्न र नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीलाई संचार क्षेत्रलाई अझै विकसित गराउँदै लैजान आग्रह गरेका थिए ।सोहि क्रममा नेपाल चलचित्र विकास बोर्ड अन्तरगतको मातृभाषी चलचित्र प्रबद्र्धन समितिका सदस्य तथा चलचित्र निर्देशक नौजंग गुरुङ, चलचित्र निर्माताद्धय डि.बि. गुरुङ र यामबहादुर गुरुङलाई पनि कम्पनीले सम्मान गरेको थियो ।

सम्मान पाईसकेपछि सामाजिक अभियन्ता स्याङ्जाली कान्छा र नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुले कम्पनीलाई धन्यबाद ज्ञापन गरे । सम्मानले अझै बढि जिम्मेबारि थपिदिएको उनीहरुको भनाई थियो । भकारी एड्भरटाइजिङले लामो समय यता पोखरामा रहेर भाषिक तथा साँस्कृतिक फिल्महरु निर्माण गर्नुसँगै संगीत र म्यूजिक भिडियोको क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २८, २०७३     5:08:53 AM

Tara Chapagain

See all posts by