खाना पकाउने ग्यासको मूल्य बढ्यो,

काठमाडौं, २७ फागुन। नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताए ।

अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ ।

पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । ‘उपभोक्तालाई राहत दिनकै लागि तेलमा मुल्य बढाइएको छैन’ पोखरेलले भने ।

तेलमा भएको नोक्सानका कारण निगगमलाई अहिले मासिक झण्डै ४० करोड घाटा छ । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा घाटामा रहेको निगमलाई पट्रोलमा भने १ रुपैयाँ २३ पैसा नाफा छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     8:10:23 PM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *