लोकप्रियलाई टिकट तेरो मेरो हैन -नेता देउवा

पोखरा, २६ फागुन ,

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाले वैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जित्ने मान्छेले टिकट पाउने विचार व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस पोखरा नगर सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले तेरो र मेरो मान्छे भनेर टिकट दिन थाल्यौं भने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय प्राप्त गर्न कठिन हुने भएकोले जो मान्छे त्यस ठाउंमा लोकप्रिय छ त्यसैलाई निर्वाचनमा अघि सारिने वताउनु भयो ।

उहांले पार्टीले उमेदवारको किटान गरिसकेपछि हराउन खोज्ने, अन्र्तघात गर्ने र अनुशासन तोड्नेलाई कडा कारवाही गरिने चेतावनी दिनु भयो । संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संसदको निर्वाचन गर्न जरुरी रहेकोमा जोड दिंदै उहांले स्थानीय निर्वाचन नजीकै आईरहेकोले पार्टी कार्यकर्ताहरु गाउं गाउंमा गएर जनताका सुखदुःखमा साथ दिन आग्रह गर्नु भयो ।

राणाशासनको अन्त्य, प्रजातन्त्रको पुनर्वहाली र नयां संविधानको निर्माण नेपाली कांग्र्रेसको अगुवाईमा हुन सकेको स्मरण गराउंदै सभापति देउवाले प्रजातन्त्र संस्थागत हुन सक्यो भने मात्रै देश र जनताको सर्वाङ्गीण संभव हुने धारणा राख्नु भयो ।
उहांले काठमाडौं महानगरपालिकापछि दोश्रो ठूलो पोखरा–लेखनाथ महानगरपालिका एक पर्यटकीय नगरी पनि भएकोले पर्यटनको विकास गर्न यसमा काग्रेसको जित सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो।

नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा संचार मन्त्री डा . मिनेन्द्र रिजालले संविधान संशोधन हुनै नदिने प्रतिपक्षी पार्टी र आफुले भने जस्तो सवै हुन पर्ने मधेशी मोर्चाका दुवै अतिवादी सोच त्यागेर एउटा मिलन विन्दु आउन आग्रह गर्नु भयो

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     3:58:27 AM

Tara Chapagain

See all posts by